७ बैशाख २०८१, शुक्रबार

धादिङको धुनिवेशी नगरपालिकाले ल्यायाे रू. ८८ करोड ९३ लाख २६ हजारकाे बजेट

प्रकाशित मिति :  24 June, 2022 10:09 pm


अस्मिता धिताल-

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिकाले ८८ करोड ९३ लाख २६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७९८० का लागि उपमेयर सुरज उप्रेतीले ८८ करोड ९३ लाख २६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । नगरपालिकाले आगामी वर्षको लागि आर्थिक विकास, सामाजिक विकास , न्यायिक विकास, पूर्वाधार विकास, लैङ्गगिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन ,सुशासन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।

आर्थिक विकासका लागि ७ करोड ६० लाख ४५ हजार रुपैयाँ, समाजिक विकासका लागि २९ करोड ३७ लाख ४४ हजार , पूर्वाधार विकासका लागि २९ करोड ८० लाख २५ हजार , कार्यालय तथा प्रशासनिक तर्फ २० करोड १४ लाख ६२ हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ६० लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !