२३ बैशाख २०८१, आइतबार

सुनचाँदीको मूल्य बढ्यो

प्रकाशित मिति :  27 June, 2022 12:15 pm


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार १० रुपैयाँले बढेर तोला १२५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !