१५ चैत्र २०८०, बिहिबार

शाओमीको रेडमी नोट ११ प्रो नेपाली बजारमा, सुरुवाती मूल्य ३५ हजार, यस्ता छन् विशेषता

प्रकाशित मिति :  2 July, 2022 8:07 pm


काठमाडौं । स्मार्टफोन ब्राण्ड शाओमीले रेडमी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । फोनको सुरुवाती बजार मूल्य (६ जीबी ¥याम र १२८ स्टोरेजको) ३५ हजार ९९९ रुपैया तोकिएको छ ।

कम्पनीले नेपालमा ८ जीबी भेरियन्टको मूल्य ३६ हजार ९९९ तय गरेको छ। किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेकाले उपभोक्ताको मन जित्ने अपेक्षा कम्पनीको छ ।

नेपाली बजारमा सार्वजनिक गरिएको फोनको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले ग्राहकको रेडमी प्रतिको विश्वासले कम्पनीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको बताए। “हामीले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएका छौं,” उनले भने।

यस्ता छन् रेडमी नोट ११ प्रोका विशेषताहरुमा रेडमी नोट ११ प्रोमा १०८ मेगापिक्सेलको मुख्य क्याड क्यामरा रहेको छ । साथमा ११८ डिग्रीको दृष्य कैद गर्न सक्ने ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र देप्थ क्यामेरा जडित छन् । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामरा जडित छ । मुख्या क्यामरा ड्युल आईएसओ नेटिभ सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

रेड्मी नोट ११ प्रोमा पावर अपको लागि मिडियाटेक हेलियो जी ९६ प्रोसेसर रहेको छ । जसको सहायताले यसमा जडित ५००० एमएएचको ब्याट्रि १५ मिनेटमै ५१ प्रतिशत चार्ज गर्न सकिन्छ ।

नोट ११ प्रोमा २० हर्जको डिस्प्ले सिफ्रेस सेट रहेको छ । ७.६७ फुल एचडी एमोलेड डट डिस्प्ले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन दिने फिचर छ। ट्रेंडी फ्ल्याट–एज डिजाइनको डिस्प्लेको साथै, यसमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूको साथमा, रेड्मी नोट ११ प्रोले गेमिङ वा भिडियोहरू हेर्नको लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्ने कम्पनीले जनाएको छ।

ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरि तीन रंगहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेडिमले सस्तोमा फ्ल्यागशीफ फिचर उपलब्ध गराउने स्मार्टफोनको रुपमा स्थापित गर्ने गतिमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !