७ बैशाख २०८१, शुक्रबार

आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुदैनः राष्ट्रपति

प्रकाशित मिति :  3 July, 2022 6:35 pm


काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छिन्।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन्।

उनले कृषि उपजमा अर्बाैंकाे आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पु-याएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएकाप्रति प्रशंसा गरिन्।

––– रासस



प्रतिक्रिया दिनुहोस !