१४ बैशाख २०८१, शुक्रबार

कृषि उत्पादन बढाउन किसानको मनोबल बढाउनुपर्छ: नगरप्रमुख खाँण

प्रकाशित मिति :  4 July, 2022 11:39 am


स्याङ्जा । वालिङ नगरप्रमुसख कृष्ण खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन किसानको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । वालिङमा आयोजित नगरस्तरीय गाईभैँसी पालन सम्बन्धी तीन दिने तालीमको अवसरमा नगरप्रमुख खाँणले वालिङ नगरपालिकाले आगामी दिनहरुमा कृषकलाई सम्मान तथा कृषि काममा प्रोत्साहन गर्न विशेष कार्यक्रमहरु ल्याउने नगरप्रमुख खाँणको भनाइ थियो ।

नगरप्रमुख खाँणले कृषि उत्पादनमा वृद्धि ल्याउन र किसानको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गर्दै उत्पादित वस्तुहरुलाई बजारीकरण गर्ने कुरालाई नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रमा समेटेको समेत जानकारी दिए । खाँणले उत्पादनमा आधारित भएर अनुदान दिनेदेखि किसानहरुलाई बीउपूँजिको व्यवस्था सहित विगतका वर्षहरुमा भन्दा यस पटक कृषिमा बजेटको मात्रा बढाएकोसमेत जानकारी दिए ।

उनले तालिममा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न किसानहरुलाई अनुरोध गर्दै उत्पादित वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले पूर्ण व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

असार १७ गतेदेखि तीन दिनसम्म चलेको तालिममा वालिङका २८ जना व्यवसायिक पशुपालक किसानहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !