८ बैशाख २०८१, शनिबार

कृषि मन्त्री सिंहले पदभार सम्हाले

प्रकाशित मिति :  4 July, 2022 9:48 pm


काठमाडाैं। नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले पदभार सम्हालेका छन्। साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गाेपनियताकाे सपथ लिएका मन्त्री सिंहले लगत्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्रीकाे रूपमा पदभार ग्रहण गरेका हुन्।

जनता समाजवादी पार्टीकाे काेटाबाट बनेका महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर मन्त्रीहरूकाे नयाँ सूची उपलब्ध गराए अनुरूप प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गरेका हुन् । जस अनुसार मोहम्मद इस्तियाक राईले भौतिक पूर्वाधार र प्रदीप यादवले वन मन्त्रालय सम्हाल्ने गरी मन्त्री पदकाे सपथ लिइ पदभार सम्हालेका छन्।

जसपाले नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबाहेकका मन्त्रीलाई फिर्ता बोलाएको हो । यसअघि एकिकृत समाजवादी पार्टीले पनि मन्त्रीहरू फेर्ने निर्णय गरेपछि नयाँ मन्त्रीहरूले पदभार सम्हालेका छन्।

सपथग्रहण गर्दै नवनियुक्त मन्त्रीहरू ।



प्रतिक्रिया दिनुहोस !