७ बैशाख २०८१, शुक्रबार

३ सय ७ युरोपियन पर्यटक फर्किए

प्रकाशित मिति :  27 March, 2020 2:03 pm


काठमाडौं, १४ चैत्र ।

युरोपका विभिन्न मुलुकका ३ सय ७ नागरिक स्वदेश फर्किएका छन् । नेपालस्थित जर्मन राजदूतावासको समन्वयमा कतार एयरवेज चार्टर गरेर ती नागरिक स्वदेश फर्किएका हुन् ।

आज स्वदेश फर्कनेमा सबैभन्दा बढी जर्मनका नागरिक छन् । १ सय जर्मन फर्किएका छन् भने केही गैरआवासीय नेपाली पनि फर्किएका छन् । दोहाबाट डिस्इन्फेक्ट गरेर विमान ल्याइएको र सो विमान चार्टर्ड भएको एयरवेजले जनाएको छ । दोहाबाट जर्मनसम्म पनि चार्टर्ड गरेरै विमान जाने बताइएको छ ।

नेपालस्थित कतार एयरवेजका अधिकारीका अनुसार ३ जना बालबालिका सहित  ३०७ जना चार्टर्ड विमानबाट फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले भोलि पनि यताका यात्रु लिन कतार एयरवेजको विमान आउने जारी दिए ।

नेपाल पर्यटन बोर्डको संयोजनमा लुक्ला, मुस्ताङ, पोखरालगायत विभिन्न क्षेत्रबाट उद्धार गरेर ल्याइएका विदेशी नागरिक आज फर्किएका हुन् । देशमा विभिन्न भागमा रहेका विदेशी पर्यटकको उद्धार गृह मन्त्रालयको सहयोगमा उद्धार गर्ने कार्य भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !