२५ बैशाख २०८१, मंगलबार

मेलौली नगरपालिका बालश्रममुक्त घोषणा

प्रकाशित मिति :  8 July, 2022 9:16 am


बैतडी । बैतडीको मेलौली नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिएको छ । बिहीबार ग्रामीण विकास सेवा केन्द्रको सहजीकरण र मेलौली नगरपालिकाको आयोजनामा बालश्रममुक्त नगर घोषणा गरिएको हो ।

बालश्रममुक्त घोषणाका लागि चाहिने सबै सूचक पूरा भएसँगै नगरपालिकालाई एक कार्यक्रमबीच बालश्रममुक्त नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रशाद जोशीले जानकारी दिए । सरकारले २०८२ सम्ममा नेपाललाई बालश्रममुक्त गराउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप मेलौली नगरपालिकालाई पनि बालश्रममुक्त पालिका घोषणा गरिएको हो ।

घोषणासभामा नगरभित्र रहेका बालश्रमको अवस्था पहिचान र अबका दिनमा बालश्रमको समस्या सुधार कार्यान्वयनका लागि पहल गर्ने नगरप्रमुख भीमबहादुर चन्दले बताए । बालश्रममुक्त पालिका बनाउनका लागि स्थलगत सर्भे, बालश्रमिकको तथ्याङ्क सङ्कलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएको थियो ।
–––



प्रतिक्रिया दिनुहोस !