१२ श्रावण २०८१, शनिबार

काेराेना नियन्त्रणमा खटिने सेनालाइ प्रधान सेनापतिकाे दश बुँदे निर्देशन, ‘बुद्धि र विवेककाे प्रयाेग गर्नु’

प्रकाशित मिति :  27 March, 2020 6:55 pm


काठमाडाैं, १४ चैत । 

नेपाली सेनाले काेराेना (काेभिड १९) विरूद्धकाे लडाइमा संलग्न हुने सकल दर्जालाइ प्रधान सेनापति लेनिर्देशन जारी गरेका छन् । दश बुँदे निर्देशनमा बहादुरी भन्दा बुद्धि र विवेककाे प्रयाेग गर्ने लगाएत प्रमुख छन् ।

यस्ताे छ निर्देशनः

कोभिड-१९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाईमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई प्रधान सेनापतिकाे

दश निर्देश हरु

  • एक -सङ्कटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफुलाई जोगाउनुहोस् ।
  • दुई – आफुलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाई उच्चस्तर राखी अरुसंग सदैव १.५ मिटर भन्दा बढि शारीरिक दुरी कायम गर्नुहोस्।
  • तीन- विसञ्चो भएमा घर वा व्यारेकमा नै बस्नुहोस्, आवश्यक भए परिक्षण गराउनुहोस्, शारीरिक दुरी कायम हुने गरी आफुलाई आइसोलेसनमा राख्नुहोस् ।
  • चार- आधिकारिक सूचनामा मात्रै विश्वास गर्नुहोस् ।
  • पांच- आफना सहकर्मीहरुप्रति सदैव सहयोगको भावना राख्नुहोस् । सैनिक सेवाको मर्यादा र धर्म आफुले राम्ररी बुझि सहकर्मीहरुलाई पनि बुझाउनुहोस् ।
  • छ – सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुहोस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीहरुलाई उच्च सम्मान गर्नुहोस् ।
  • सात- आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्वस्त हुन्छन्, बिरामीले पनि निको भएको अनुभव गर्दछन्, नेपाली नागरिक प्रति सधैं सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्नुहोस् ।
  • आठ- नेपाल सरकारले गरेको Lock Down महामारी फैलिनबाट रोक्न राष्ट्र कै लागि अवसर र चुनौती दुवै हो, बहादुरी होइन, बुद्धि र विवेकको प्रयोग गर्नुहोस् । नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भूली सदैव सर्वोच्च सेवा भाव देखाउनुहोस् ।
  • नौ- संकटको अहिलेको घडीमा संयम र धैर्यता देखाउनुहोस् । कठीन समय केही समयको लागि मात्रै हो, सदैव ख्याल राख्नुहोस्।
  • दश – आफनो बोली र व्यवहारले मात्रै पनि अरुको सोंचमा परिवर्तन ल्याउन सकिन्छ, आ-आफनो दैनिकीमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !