१६ बैशाख २०८१, आइतबार

वालिङमा आजबाट कुहिने र नकुहिने फोहोर उठान फरक फरक सवारी पठाउने

प्रकाशित मिति :  17 July, 2022 2:10 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले साउन १ गतेदेखि लागू हने गरि फोहोर सङ्कलनको लागि समय तालिका सार्वजनिक गरेको छ । नगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने र नकुहिने फोहोरलाई फरक फरक टिप्पर पठाउने जानकारी दिएको हो ।

नगरपालिकाले सार्वजनिक गरेको समय तालिका अनुसार आइतबारः भकुण्डे, ठाडो लाईन, भुम्रेको सबै गल्ली र पर्वत रोड, सोमबारः कटौजे, वालिङ बजार, तल्लो वालिङ, वन विभाग, हेल्थपोष्ट र बयरबारी, मंगलबारः क्याम्पस रोड, नयाँबजार र वालिङ बजार, बुधबारः शितलनगर, मिर्दी,आँपडाली, रामबाच्छा, त्रियासी र खहरे, बिहीबारः केदारनाथा, भकुण्डे, सनराइज, बिहारथोक, पूर्णमृत, पाईनिअज र हुलाक भकुण्डे साइड, शुक्रबारः बायँटारी, थानपाटा, बिपीचोक, भिमटारी र सिमलचौपारीमा फोहोर संंङ्कलन गर्ने छ ।

देशभरका २ सय १७ नगरपालिकामध्ये वालिङ सर्वोत्कृष्ट नगरका रूपमा पुरस्कृत पनि भइसकेको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफा नगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !