१ जेष्ठ २०८१, मंगलबार
भीरकोट अस्पताल अलपत्र

वडा अध्यक्षले जग्गा बेच्ने मौका पाए, शिलन्यास भयो तर भुगाेल कमजाेर हुँदा निर्माण अलपत्र

प्रकाशित मिति :  25 July, 2022 1:09 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर-६ एकुवारमा ‘एक स्थानीय तह एक अस्पताल’को अवधारणा अनुरुप वि.सं. २०७७ साल मंसिर १५ गते १५ शौयाको अस्पतालको शिलान्यास भयो ।

तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी पद्मा अर्यालले तामझामका साथ शिलन्यास गरिन् । तर, शिलान्यास भएको दुई वर्ष पुगिसक्दा पनि अस्पतालमा एउटा पिल्लर समेत उठ्न सकेको छैन।

१५ शैयाको नगर अस्पताल निर्माण गर्नको लागि ९ रोपनी जग्गा ३६ लाखमा खरिद गरियो । कुल रू. १८ करोड बजेटमा अस्पताल निर्माण गर्ने निर्णय भएपनि अहिलेसम्म अस्पतालको डीपीआर बनाउने बाहेक अन्य कुनै काम भएको छैन ।

This image has an empty alt attribute; its file name is 292884841_742193237104880_1717999200546352764_n-1-768x576.jpg

अस्पताल निर्माण नहुनुको मुख्य कारण भूगोलको समस्या रहेको भीरकोट प्रशासकीय अधिकृत खुमलाल भुसाल बताउँछन् । “पहिला जग्गाको अध्ययन गरिएन पछि डोजर लगाएर जग्गा सम्माउदा पर्खाल लगाउन पर्ने देखियो जसका कारण संघीय सरकारले दिने बजेट भन्दा खर्च दोब्बर आउने अनुमान भयो,’’ उनले भने ।

शिलान्यास अलपत्र अवस्थामा छोड्ने त्यस्तो नियत नराखेको उनी बताउछन् । वडा नम्बर ६ मा नै अन्य ठाउँमा अस्पताल निर्माण गर्ने विकल्प खोजेको उनको भनाइ छ । अध्ययन नै नगरि जग्गा किनेर शिलन्यास गरिएको विषयमा सबै सम्बन्धित निकाय मौन छन् ।

भुसालले अस्पताल शिलान्यासमै सिमित रहुनुको अर्को कारण भीरकोट हेलुमा रहेको कालिका सामुदायिक अस्पताललाई नै नगर अस्पतालको रुपमा विकास गर्ने गरि कार्यहरु भएको र नगरपालिकामा आउने रकम कालिका सामुदायिक अस्पतालमा नै सहयोग गरेको बताए ।

वडा अध्यक्षले बेचे आफ्नै जग्गा
भीरकोट वडा नम्बर-६ का वडा अध्यक्ष लक्ष्मण खत्रीले आफ्नो निजी जग्गा ३६ लाखमा अस्पताल बनाउन बचेको बताए । “९ रोपनी जग्गा अस्पताल बनाउने भनेरै सरकारी मुल्यमा दिएकाे हुँ,” वडा अध्यक्ष खत्रीले भने, “अन्य व्याक्तिलाइ बेचेकाे भए त्याे पैँसा दाेब्बर आउथ्याे, अहिलेसम्म पनि मैले पुरा भुक्तानी पाएकाे छैन ।” काम अघि बढ्न नसक्दा उक्त जग्गामा गन्धे झारले ढक्मक ढाकेको स्थानीय बताउछन् । अस्पताल निर्माणाबारे सम्बधित निकायले तादरूकता नदेखाएपछि अस्पताल निर्माण कार्य अलपत्र परेको छ ।

सबै सम्बन्धित निकायहरुले अस्पताल नबन्रुको मुख्य कारण भौगोलिक समस्या रहेको बताउँछन् । तर पहिल्यै यसको भौगोलिक अध्ययन बिना नै किन उक्त ठाउँमा जग्गा किनेर डोजर चलाइयो भन्रे प्रश्न भीरकोटबासीले बारम्बार उठाउदै आएका छन् ।

यता आफ्नै जिल्लामा बाजागाजा सहित शिलान्यास गरेको अस्पतालको निर्माण कार्य किन अलपत्र अवस्थामा पुग्यो भनेर पूर्वमन्त्री अर्यालले अहिलेसम्म कुनै चासो दिएकी छैनन ।

This image has an empty alt attribute; its file name is 290800193_1107902513269563_8266002493906642715_n-1-768x576.jpg

स्थानीय नारायण प्रसाद कोइरालाले स्थानीय सरकार स्वास्थ्य जस्तो संवेदनशील कुरामा गैरजिम्मेवार भएको बताउछन्। उनले भने, “अस्पताल शिलान्यास मै सिमित भयो। नगर अस्पताल नाम दिइएको कालिका सामुदायिक अस्पतालको न व्यवस्थापन राम्रो छ न त सेवा सुविधा । बिग्रेको स्वास्थ्य उपकरण पनि समयमा मर्मत वा प्रतिस्थापन नहुनु अर्को बिडम्बना हो।’’



प्रतिक्रिया दिनुहोस !