१६ बैशाख २०८१, आइतबार

वालिङ नगरपालिकाले गत आर्थिक वर्षमा फोहोरबाट कमायाे २२ लाख

प्रकाशित मिति :  25 July, 2022 4:15 pm


रबि थापा

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा सङ्कलन हुने फोहोर मैला बिक्रीबाट आर्थिक वर्ष २०७८/७९ मा २२ लाख आम्दानी भएको छ । निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणको कार्यकालबाट सुरु भएको फोहोर व्यवस्थापन कार्यलाई अहिले पनि उत्तीकै सक्रियताका साथ अघि बढाइएको पाइन्छ ।

फोहोर व्यवस्थापन कार्यलाई आफू आइसकेपछि पनि त्यत्तिकै प्रथामिकतामा राखेको नगरप्रमुख कृष्ण खाँणले बताए । आफू निर्वाचित भएर पालिकामा आइसकेपछि फरक ढंगाले फोहोर व्यवस्थापन गर्न तर्फ केन्द्रित भएको नगरप्रमुख खाँणको भनाइ छ ।

निर्वतमान नगरप्रमुख दिलिप प्रताप खाँणले आफ्नो कार्यकालमा रिसाइकल बिन मेसिन र सेडूलेसन मेसिनको टेन्डर गरेका थिए । अहिलेसम्म उक्त मेसिनहरु नआएकाले फोहोर व्यावस्थापन फरक ढंगाले गर्न अप्ठ्यारो भएको खाँणाले बताए ।

उनले भने, “मेसिन आयो भने फरक किसिम्मले फोहोर व्यवस्थापन हुनेछ । नत्र पहिलाको तरिकाले फोहोर व्यवस्थापन हुनेछ । यदि फरक ढंगाले फोहोर व्यवस्थापन गर्न सकियो भने वार्षिक ५० लाखसम्म रकम संकलन गर्न सकिन्छ ।’’

त्यस्तै नगरपालिकाले साउन १ गतेदेखि लागू हने गरि फोहोर सङ्कलनको लागि समय तालिका सार्वजनिक गरेर कुहिने र नकुहिने फोहोरलाई फरक फरक टिप्पर पठाउने भन्दै सूचना सार्वजनिक गरेको थियो ।

नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार फोहोर व्यवस्थापनको लागि आइतबारः भकुण्डे, ठाडो लाईन, भुम्रेको सबै गल्ली र पर्वत रोड, सोमबारः कटौजे, वालिङ बजार, तल्लो वालिङ, वन विभाग, हेल्थपोष्ट र बयरबारी, मंगलबारः क्याम्पस रोड, नयाँबजार र वालिङ बजार, बुधबारः शितलनगर, मिर्दी, आँपडाली, रामबाच्छा, त्रियासी र खहरे, बिहीबारः केदारनाथा, भकुण्डे, सनराइज, बिहारथोक, पूर्णमृत, पाईनिअज र हुलाक भकुण्डे साइड, शुक्रबारः बायँटारी, थानपाटा, बिपीचोक, भिमटारी र सिमलचौपारीमा फोहोर संंङ्कलन गर्ने भनेको थियो ।

देशभरका २ सय १७ नगरपालिकामध्ये वालिङ सर्वोत्कृष्ट नगरका रूपमा पुरस्कृत पनि भइसकेको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयले वि.स. २०७४ सालमा सर्वोत्कृष्ट सफा नगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !