२२ बैशाख २०८१, शनिबार

रौतहटमा दाइकाे नाममा परीक्षा दिइरहेको अवस्थामा एक पक्राउ

प्रकाशित मिति :  28 July, 2022 6:20 pm


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीए दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा राजदेवी नगरपालिका १ बस्ने २० वर्षीय राजन तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सो क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारेर बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !