१९ बैशाख २०८१, बुधबार

बाघको संख्या दोब्बर बनाउने पहिलो मुलुक बन्याे नेपाल, कुल संख्या ३५५, सबैभन्दा धेरै चितवन र बर्दियामा

प्रकाशित मिति :  29 July, 2022 12:10 pm


काठमाडौं । नेपाल दशकमा बाघको संख्या दोब्बर बनाउने संकल्प पुरा गर्ने पहिलो मुलुक बनेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा बाघको संख्या ३५५ पुगेको जनाएका छन् ।

तथ्यांक अनुसार नेपालमा सबैभन्दा धेरै चितवनमा १२८ र बर्दियामा १२५ बाघ रहेका छन् । यसैगरी पर्सामा ४१, सुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा रहेको देखिन्छ ।

आज जुलाइ २९ तारिक, विश्वभर अन्तर्राष्ट्रिय बाघ दिवस मनाइदैछ । पर्यावरणमा महत्वपूर्ण भूमिका खेल्ने बाघको संरक्षण र संख्या बढाउन विश्वभर अभियान चलाइदै आइएको छ ।

नेपालले एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !