२१ बैशाख २०८१, शुक्रबार

मुग्लिन-नारायणगढ सडक खण्डकाे केराबारीमा पहिराे, सडक अवरूद्ध

प्रकाशित मिति :  5 August, 2022 7:39 am


केराघारीमा यसरी समय समयमा गेग्रान थुप्रने गरेकाे छ। फाइल तस्बिरः गाेपाल चन्द

काठमाडाैं। वर्षाका कारणा मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ स्थित केराबारीमा गएराती ठूलो पहिरो गएका कारण यातायात अवरुद्ध बनेको हो ।

सडक एकछिन सञ्चालनमा हुने र पानीपरेसँगै सडकमा गेग्रान थुप्रिने गरेकाे बताइएकाे छ । पछिल्ला दिनहरूयाे याे सडक खण्ड पटक पटक बन्न हुने गरेकाे छ ।

सडक बन्न भएपछि कतिपय यातायातका साधन लामाे समय लगाएर हेटाैडा हुँदै काठमाडाैं पुग्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !