२३ बैशाख २०८१, आइतबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  8 August, 2022 11:28 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सुनको मूल्य स्थिर रहि ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेका छ । आइतबार १२०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !