७ बैशाख २०८१, शुक्रबार

उपत्यकाका नदीहरुमा पानीको उच्च वहाव कायम रहने

प्रकाशित मिति :  10 August, 2022 7:41 am


काठमाडौं । काठमाडौं उपयत्यकामा बग्ने खोला तथा नदीहरुमा पानीको बहाव निरन्तर उच्च गतिमा छ। अझै बहाव कायम रहने हुँदा आसपासका क्षेत्रमा सतर्कता अपनाउन पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

निरन्तर पानी परेका कारण काठमाडौं आसपासका नदी तथा खोलाहरुमा पानीको बहाव रातभर पनि उच्च नै रहेको थियो । पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव निरन्त उच्च छ । कतिपय बस्तीमा पनी पसे पनि ठूलो क्षति भने नपुगेको बताइएको छ ।

अरु समयमा निकै न्यून मात्रामा पानी बहने र ढलसमेतले भरिने गरेका उपत्यका भित्रभएर बग्ने खोला तथा नदीहरुमा वर्षा याममा भने बहाव उच्च रहने गरेको छ । नदी बहने क्षेत्रसमेत मिचेर संरचना बनाइएकाले पनि समय समयमा बस्तीमा पानी नदी पसेर क्षति गर्ने गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !