१३ बैशाख २०८१, बिहिबार

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

प्रकाशित मिति :  10 August, 2022 11:26 am


काठमाडौं । नेपाली बजारमा आज बुधवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाले बढेर तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघको विवरण अनुसार मंगलबार ३५ रुपयाँले बढेको चाँदी बुधवार १० रुपैयाँले घटेर तोलाको १२३० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !