१५ बैशाख २०८१, शनिबार

साउन तेस्रो सातासम्म ९५ प्रतिशत रोपाइँ

प्रकाशित मिति :  10 August, 2022 11:30 am


काठमाडौं । साउन तेस्रो सातासम्म धान रोपाइँ हुने क्षेत्रफलमध्ये ९५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष साउन २३ गतेसम्म करिब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

मन्त्रालयले प्रदेश मन्त्रालयसँगको समन्वया मुख्य बाली धानको रोपाइँको अद्यावधिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रदेशगत रोपाइँको विस्तृत विवरण भने प्रतिशत भने साउन २० सम्मको मात्र सार्वजनिक गरेको छ । जस अनुसार साउन २० सम्म ९२.४ प्रतिशत रोपाइँ भइसकेको थियो ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले गत वर्ष यही अवधिमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेकोमा यो वर्ष मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ढिला मनसुन शुरु भएकाले रोपाइँको दर कम भएको बताए । “मधेश प्रदेश र लुम्वबनीमा ढिलो गरी रोपाइ हुँदा करिब ९७ प्रतिशतसम्म रोपाइ हुने देखिन्छ, गत वर्षभन्दा २ देखि ३ प्रतिशत कम रोपाइँ हुने देखिन्छ ।”

मन्त्रालयलले अन्य प्रदेशमा ढिला रोपाइँका कारण बारे शुक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !