१६ चैत्र २०८०, शुक्रबार

सत्ता गठबन्धनको सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक बस्दै

प्रकाशित मिति :  11 August, 2022 9:03 am


फाइल फाेटाे

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक आज बिहिवार बस्दैछ ।

आज दिउँसो ४ बजे बालुवाटारमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलबीच सिट बाँडफाडँबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको दोस्रो बैठक बस्न लागेको हो । साउन २२ गते बसेको पहिलो बैठक औपचारिकतामा मात्रै सिमित भएको थियो ।

आजको बैठकमा सिट बाँडफाँट​को आधार र मापदण्डबारे प्रस्ताव राखेर छलफल गर्ने कार्यदलको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !