२५ बैशाख २०८१, मंगलबार

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति :  15 August, 2022 12:19 pm


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनका मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँमा कारोबार हुने महासंघले उल्लेख गरेको छ।

आज सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १२३५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !