१४ बैशाख २०८१, शुक्रबार

धरानका मेयर हर्क साम्पाङले सार्वजनिक गरे सय दिनको कामको विवरण

प्रकाशित मिति :  18 August, 2022 8:23 am


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छ ।

उनले बिहीबार आफ्नो फेसबुक पेजबाट १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन। उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

राईले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख विरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेको, बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार लगायत १३ वटा कार्य गरेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !