८ बैशाख २०८१, शनिबार

बल्खुस्थित खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

प्रकाशित मिति :  18 August, 2022 8:38 am


काठमाडौं । काठमाडौं महानगरपालिकाले बल्खु रहेको खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

महानगरले सूचना प्रकाशित गर्दै वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको छ।

खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै सामूहिक उजुरी परेपछि उक्त निर्णय लिइएको महानगरले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको छ।

व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ। निर्णयको अवज्ञा भएमा कानुन अनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ ।



प्रतिक्रिया दिनुहोस !