२१ बैशाख २०८१, शुक्रबार

समान्यतर्फ कोरोना इपिसेन्टरः चिकित्सा सामग्री लिएर युरोपका लागि हिड्यो बुहानकाे रेल

प्रकाशित मिति :  28 March, 2020 8:06 pm


काठमाडौं, १५ चैत ।

कोरोना (कोभिड १९) को पहिलो इपिसेन्टर चीनको वुहान राज्य कोरोना सून्यमा झार्दै सामान्यतर्फ फर्कन थालेको छ । सनिबार चिकित्सा सम्बन्धि सामग्रीले भरिएको रेल वुहानबाट युरोपका लागि छुटेको हो ।

कोरोना नियन्त्रणपश्चात सामान्य अवस्थामा आएको वुहानबाट लकडाउन पछि पहिलो पटक रेलवे सेवा संचालमा ल्याइएको हो । युरोपको लागि छुटेको रेल दुई सातामा जर्मनीको डुसबर्गमा पुग्ने समय तालिका रहेको छ । रेलले ५० कार्गो कन्टेनर बोकेको छ । जसमा अधिकांस मेडिकल सामग्री रहेका छन् ।

वुहानका १७ रेलवे स्टेशनहरू क्रमसः खोल्ने सरकारी योजना छ । यद्यपी वुहानका जनतालाई सहर छाड्न भने अझै दश दिन अर्थात् अप्रिल ८ सम्म कुर्नु पर्नेछ । पूर्ण नियन्त्रणमा आए पनि चीन सरकारले जनजीवनलाई विस्तारै सामान्यतर्फ लैजाने नीति लिएको छ ।

चीनका राज्यबाट वुहानमा कोरोना नियन्त्रणमा लागि गएका हजारौंका संख्याका स्वास्थ्यकर्मीहरुसमेत विदाइ भइसकेका छन् । वुहानबाट सुरु भएको कोरोनाले पछिल्लो समयमा सबैभन्दा ठूलो क्षति इटली र युरोपका मुलुकमा गरिरहेको छ भने संख्याको हिसाबमा अमेरिका अगाडि देखिएको छ । अहिले कोरोना फैलन नदिन चीनले विदेशबाट आगमन बन्द गरेको छ । आन्तरिक जनजीवन भने सामान्य रुपमा चलिरहेको छ ।
(एजेन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस !