१३ बैशाख २०८१, बिहिबार

सुनको मूल्य ओरालो लाग्यो

प्रकाशित मिति :  18 August, 2022 11:35 am


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालाे लागेको छ । पछिल्लो चार दिन यता सुनको मूल्य लगातार ओरालो लागेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहिबार पनि छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर तोलाको ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै महासंघका अनुसार आज तेजावी सुनको मुल्य तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघको विवरण अनुसार चाँदीको मूल्य पनि पछिल्लो ४ दिनदेखि आरोलो लागेको हाे । आज बिहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको ११९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !