६ जेष्ठ २०८१, आइतबार

माओवादी केन्द्रले चयन गर्यो पदाधिकारी, महासचिवमा गुरूङ, शर्मा र पुन उपमहासचिव

प्रकाशित मिति :  20 August, 2022 5:03 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पदाधिकारी चयन गरेको छ । शनिवार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको पदाधिकारीमा सर्वाधिक चर्चामा रहेको महासचिवमा देव गुरुङ सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्ण बहादुर महरा चयन भएका छन् । श्रीराम ढकाल प्रशान्त चयन भएका छन्।

उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल चयन भएका छन् ।

सचिवमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की चयन भएका छन् । स्थायी कमिटी र पाेलिटब्युराे सदस्य भने यसअघि नै चयन भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !