२५ बैशाख २०८१, मंगलबार

सुनको मूल्य स्थिर, चाँदी घट्यो

प्रकाशित मिति :  21 August, 2022 12:19 pm


काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार गत शुक्रबार ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य स्थिर रही आज आईतबार पनि सोही मूल्यमा कारोबार हुने जनाएको छ ।

त्यस्तै महासंघको जानकारी अनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार रुपैयाँ तोला रहेको छ । गत शुक्रबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघका जानकारी अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको ११७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !