५ जेष्ठ २०८१, शनिबार

एक वर्षमा साढे सात लाख पशुमा कृत्रिम गर्भाधारण, अमेरिकी साँढेलाई ६ महिनापछि प्रजननमा लगाइने

प्रकाशित मिति :  22 August, 2022 9:06 am


काठमाडौं । अमेरिका बाट ल्याइएका उच्च नश्लका साँढे ६ महिनापछि उत्पादनमा लगाउने भएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा ल्याइएका ६ वटा अमेरिकी सुद्ध नश्लका जर्सी र हालस्टिन साँढेलाई हाल पोराखस्थित पशु प्रजनन कार्यालयमा राखिएको छ ।

बढ्दो दूध तथा दुग्ध पदार्थको माग पूर्तिका लागि दुध उत्पादन बढाउन सरकारले नश्ल सुधारको लागि साँढे ल्याएको हो । यसअघि पनि विभिन्न मुलुकबाट ल्याइएका उच्च नश्लबाट नश्ल सुधारको कार्य भने भइरहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले गत वर्ष मात्र ७ लाख ४० हजार पशुमा कृत्रिम गर्भाधान गरिएको बताए । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा मात्र उन्नत नश्‍लका गाई, भैँसी, बाख्राबाट ८ लाख डोज जमेको वीर्य उत्पादन तथा वितरण गरिएको छ ।

बढी दूध दिने उच्च नश्ल र कम दूध दिने स्थानीय गाईबीच कृतिम गर्भाधारण प्रक्रियाबाट नश्ल सुधार भइरहेको मन्त्रालयले जनाएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट आयोजना कार्यक्षेत्रमा २ लाख ३१ हजार लिटर तरल नाइट्रोजन उत्पादन तथा वितरण र ८ वटा बोयर बाख्राको मल्टिप्लायर हर्ड स्थापना भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालय अन्तर्गत सञ्चालिन विविध आयोजना, प्रदेश सरकार तथा स्थानीय सरकारसमेतको सहकार्यमा पशुपन्छी उत्पादन तथा उत्पादकत्व वृद्धिका कार्यक्रमहरु सञ्चालनमा रहेको सञ्जेलले बताए ।



प्रतिक्रिया दिनुहोस !