२३ बैशाख २०८१, आइतबार

तोलामा २०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  22 August, 2022 11:40 am


काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँमा कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोला ११६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !