४ जेष्ठ २०८१, शुक्रबार

पार्किङलाई थप व्यवस्थित बनाउँदै काठमाडौं महानगर, नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन

प्रकाशित मिति :  22 August, 2022 1:20 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ ।

साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो । अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउन थालेको हो।

आजदेखि काठमाडौं महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरू गरेको छ। त्यस्तै मेयर बालेन शाहसहित टोली आज अन्डरग्राउन्ड पार्किङ क्षेत्रको अनुगमनमा पुगेका छन्।



प्रतिक्रिया दिनुहोस !