७ जेष्ठ २०८१, सोमबार

बन्दीपुरमा चितुवाको आक्रमणबाट ५ बर्षिय बालक घाइते

प्रकाशित मिति :  25 August, 2022 7:47 am


प्रतिकात्मक तस्बिर

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। ५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन्।

घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए।

केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए।रासस



प्रतिक्रिया दिनुहोस !