७ जेष्ठ २०८१, सोमबार

शंखमुलमा रहेको अनधिकृत संरचना हटाउन महानगरको निर्देशन

प्रकाशित मिति :  25 August, 2022 1:06 pm


काठमाडौं । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले सक्रियता बढाएको छ । आज पनि महानगरपालिकाका मेयर बालेन्द्र शाहले शंखमुल पुगेर यस्ता संरचना हटाउन निर्देशन दिएका छन् ।

उनले शंखमुलस्थित एक व्यावसायिक भवनको पार्किंङ स्थलका लागि बनेको ठाँउमा बर्गर हाउस संचालन गरेको पाइएपछि हटाउन निर्देशन दिएका थिए ।

पछिल्लो समय घर बनाउदाँ पार्किंङका लागि भनी नक्सा पास भएका तर व्यापारिक परियोजनमा प्रयोग भएका ठाँउमा खाली गराउनका लागि मेयर बालेन शाह लागि परेका छन् ।

काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने अभियान नै चलाएको छ । हिजो मात्र काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले डोजर लगाएर अनाधिकृत संरचना हटाएको थियो ।



प्रतिक्रिया दिनुहोस !