२३ बैशाख २०८१, आइतबार

पशु सेवा विभागको महानिर्देशकमा काफ्ले

प्रकाशित मिति :  25 August, 2022 1:53 pm


काठमाडौं । पशु सेवा विभागको महानिर्देशकमा सम्झनाकुमारी काफ्ले नियुक्त भएकी छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतकी सहसचिव काफ्लेलाई विभागकाे जिम्मेवारी दिइएको हाे।

हालका महानिर्देशक डा. रामनन्दन तिवारीलाई मन्त्रालयमा सरूवा गर्दै विभागमा काफ्लेलाई जिम्मेवारी दिइएकाे हाे । काफ्लेले यसअघि मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालिइसकेकी छन्।



प्रतिक्रिया दिनुहोस !