६ जेष्ठ २०८१, आइतबार

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालक पक्राउ

प्रकाशित मिति :  26 August, 2022 12:33 pm


काठमाडौ । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक चेकिङ गर्ने क्रममा मापसे गरेको पाएपछि कारवाही गर्न खोज्दा बा ८५ प ८९६७ नम्बरको मोटरसाईकल चालक ३६ बर्षीय केशव भुसालले ट्राफिक प्रहरीलाई नगद १ हजार रुपैँया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

साथै ट्राफिक प्रहरीले नगद लिन ईन्कार गर्दा गालीगलौज गर्नुका साथै वादविवाद गरी अभद्र व्यवहार गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

भुसालमाथि अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !