२७ बैशाख २०८१, बिहिबार

भारी वर्षाले विष्णुमती र बल्खु खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  28 August, 2022 8:22 am


काठमाडौं। आज बिहानदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

त्यस्तै सिन्धुपाल्चोकको धाप र आसपासका क्षेत्रमा भारी बर्षा मापन भएका छ । पहिरो जान सक्ने भिरालो जमिनमा बिहानसम्म उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको ।

सोलुखूम्बुको सोलुखोलामा पनि जलसतह सतर्कता पार गरेकाले सोलुखोलाको दुधकोशी दोभानसम्मको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !