२६ बैशाख २०८१, बुधबार

तोलामा ७०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  28 August, 2022 11:26 am


काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आईतबार छापावाला सुनको मूल्य तोलामा ७०० रुपैयाँले सस्तिएर तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको ९४ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !