२७ बैशाख २०८१, बिहिबार

भीरकोटका किसान पुष्प खेतीमा आकर्षित

प्रकाशित मिति :  28 August, 2022 6:41 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाका किसान पुष्प खेतीमा आकर्षित भएका छन् । हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत युएनडिपि र नगरपालिकाको आर्थिक सहयोग अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाले भीरकोट नगरपालिकामा पुष्प व्यवसाय तालिम सम्पन्न भएको हो । वडा नं २, ४ र ९ कृषकहरूलाई तीन समुहमा विभाजन गरी तालिम दिइएको थियो ।

कृषकहरूलाई व्यवसायिक पुष्प खेतीमा आकर्षित गराई पालिकालाई फूलमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर तालिम दिइएको पालिकाले जनाएको छ । वडा नं ४ छायाँक्षेत्र आसपासको क्षेत्रमा र वडा नं २ को दहथुम र वडा नम्बर ९ को गडहरे गुफा आसपासको क्षेत्रमा पुष्प खेती गर्ने योजना बनाइएको छ ।

तालिम समापनको अवसरमा बोल्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न व्यवसायीक तरिकाले अगाडि बढ्न आग्रह गरेका थिए । नगर प्रमुख कर्माचार्यले तालिमले ग्रामीण पर्यटनलाई टेवा पुग्ने भएकाले उत्पादित कृषि उपजको बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा पुष्प खेतिमा आवश्यक पर्ने सामाग्रीहरू फूलको बीउ, पोलि व्याग र स्प्रे समेत वितरण गरिएको थियो ।

व्यवस्थापनमा संचालन भएको तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागी किसानहरूलाई प्रशिक्षक किसन अर्यालले प्रशिक्षण दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !