२६ बैशाख २०८१, बुधबार

सुनको मूल्य लगातार घट्यो

प्रकाशित मिति :  29 August, 2022 12:13 pm


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको ११४५ रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ । आइतबार चाँद्ी तोलाको ११६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !