२६ बैशाख २०८१, बुधबार

स्याङ्जामा कांग्रेसबाट प्रदेश सांसदको उम्मेदवार बन्न ७८ जनाको दाबी

प्रकाशित मिति :  30 August, 2022 5:45 pm


स्यांङ्जा । नेपाली काँग्रेस स्याङ्जाबाट प्रदेश सांसदको उम्मेदवार बन्न प्रत्यक्षतर्फ ३३ र समानुपातिकतर्फ ४५ जनाले दाबी गरेका छन् ।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ (क) का प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको निर्वाचनका लागि नौ जना र समानुपातिक तर्फ आठ जनाले दाबी गरेका छन् ।

प्रदेश सभा निर्वाचन १ (क) बाट प्रत्यक्ष तर्फ भरत प्रसाद लम्साल, अजित क्षेत्री, ईन्द्र बहादुर रिजाल, मेखलाल श्रेष्ठ, बोधराज अर्याल, जनकराज काफ्ले, केशर बहादुर खाँण, पवन नेपाल, नवराज सुवेदीले दाबी गरेका छन् । त्यसैगरी समानुपातिक तर्फ सिमा कर्माचार्य, हिरादेवी शर्मा।, दीलिपाश्री अधिकारी, धन कुमारी थापा, डोल बहादुर खड्का, देव बहादुर मान्नधर, मुहमद सरिफ मियाँ, याम बहादुर रानाले दाबी गरेका छन् ।

स्याङ्जा क्षेत्र नं १ (ख) बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य निर्वाचनका लागि आठ र समानुपातिक तर्फ १५ जनाले दाबी गरेका छन् । प्रत्यक्ष तर्फ तुलसी गिरी, अनुप श्रेष्ठ, रामचन्द्र पौडेल, नरेद्रराज पौडेल, महेन्द्र थापा, पदमबन्धु पोखरेल, शिव बहादुर थापा जगदीश पौडेलले दावी गरेका हुन् । त्यस्तै समानुपातिक तर्फ दाबी गर्नेमा कुम बहादुर गुरुङ, उर्मिला गुरुङ, सुजन गहतराज, अम्बिका देवी पौडेल, सामुम्मह मियाँ, देवेन्द्र गुरुङ, माया केसी र अमृत विक, विक्रान्तकुमार श्रेष्ठ, सल्मा मिया, गीता चापागाई, कुलबहादुर खत्री, गोपालप्रसाद ढकाल, दुर्गाकुमारी केसी र श्रीराम उपाध्यायले रहेका छन् ।

स्याङ्जा क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य निर्वाचनका आठ र समानुपातिक तर्फ ११ जनाले दाबी गरेका छन् । प्रदेश सभा प्रत्यक्ष तर्फ अर्जुनप्रकाश अर्याल, दामोदर लम्साल, केदार काफ्ले, छायाराम खनाल, कल्पना तिवारी, विष्णु पौडेल, अर्जुन प्रकाश खनाल र टंकप्रसाद गैरेले उम्मेदवार दाबी गरेका हुन् । त्यसै गरी समानुपातिक तर्फ तिल बहादुर रनपाल, बसन्त कुमार वि।क।, लोकनाथ अर्याल, यादवकुमार श्रेष्ठ, कमल भित्रिकोटी, दिपक रोकाहा, कुल बहादुर गुरुङ, सुनिल खड्का, केशभक्त गुरुङ, राजकुमार गुरुङ र श्याम प्रसाद अर्यालले दाबी गरेका छन् ।

स्याङ्जा क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचनका आठ र समानुपातिक तर्फ १० जनाले दाबी गरेका छन् ।प्रदेश सभा प्रत्यक्ष तर्फ महेश भट्टराई, शेषकान्त पुरी, शिव कुमार गिरी, याम प्रसाद पाण्डे, युवराज पाण्डे, धुव शर्मा पंगेनी, श्यामप्रसाद बस्याल र रामभक्त भट्टराईले दाबी गरेका हुन् । त्यसैगरी समानुपातिकतर्फ शेर बहादुर थापा मगर, श्याम प्रसाद भण्डारी, तुलसा पाण्डे भटट्राई, हरि बाबु पोखरेल, बिमला श्रेष्ठ, सुनिता थापा, राम बहादुर श्रेष्ठ, देवका देवी राना, महेन्द्र श्रेष्ठ र तुलसा नेपाली रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !