२६ बैशाख २०८१, बुधबार

असोज २८ सम्म गाडी, मोटरसाइकल, मदिरा र मोबाइल आयातमा प्रतिबन्ध निरन्तर

प्रकाशित मिति :  30 August, 2022 6:35 pm


काठमाडौं । सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत नै राखको छ ।

कुर्मुरे, लेज, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजनको आयात भने खुलाएको छ ।

आयात प्रतिबन्धका बारेमा छलफल गर्न बसेको उच्चस्तरीय समितिले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ’अहिले महँगा वस्तुको नखुलाउने, अवस्था सहज भएपछि सबैको खुलाउने’ भनेर रोकेका थिए ।



प्रतिक्रिया दिनुहोस !