२६ बैशाख २०८१, बुधबार

यस्ताे हुनेछ आज दिउँसाे र रातीकाे माैसम

प्रकाशित मिति :  31 August, 2022 7:40 am


काठमाडाैं। नेपालका विभिन्न भुभागमा मौसममा सामान्यदेखि पूर्णतया बदली रहेको छ । बिहीबार विहानैदेखि प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भने यी प्रदेशसमेत प्रदेश नं १ र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले विभागले सचेत बनाएकाे छ ।

आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ। भारी वर्षाको सम्भावना रहेका भूभागका नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भदौ १५ बिहान तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी (ब.सु.पू, ब.सु.प.), चितवन र आसपास धेरै स्थानमा मध्यम देखि भारी बर्षा मापन भएको, उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुनको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सचेत रहन बाढी पूर्वानुमान विभागले अनुराेध गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !