१३ बैशाख २०८१, बिहिबार

आज गणेश चतुर्थी, देशभरका गणेश मन्दिरमा विषेश पूजाआजा गरिदैँ

प्रकाशित मिति :  31 August, 2022 8:59 am


काठमाडौं । आज भाद्र शुक्ल चतुर्थी भगवान् श्री गणेशको जन्मदिन । आजको दिनलाई विनायक चतुर्थी पनि भनिन्छ । हिन्दुधर्ममा हरेक शुभ कार्य, कर्मकाण्ड प्रक्रिया, पूजाआजा, नयाँ कार्य सुरुवात गर्नुभन्दा अगाडि गणेशको पूजाआजा गरी कार्य थालनी गरीन्छ ।

आजको दिन गणेश भगवानलाई मन पर्ने तिलको लड्डु, मिठाइ तथा गुलिया प्रकारका परिकारहरु चढाउने गरिन्छ । गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समय बजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।

हिन्दुधर्मालम्बीहरुले आजको दिन गणेश भगवानलाई विशेष पूजाआजा गरी मनाउने गर्दछन् । आजकाे दिन काठमाडौंको कमलादी गणेश, सूर्यविनायक, कमलविनायक लगायत देशभरका गणेश मन्दिरमा भक्तजनहरुको ठूलो भीड लाग्ने गर्दछ ।

आजको दिन गणेश भगवानको पूजा आराधाना गरेमा मनले चिताएका कामहरु पूरा हुने विश्वास रहि आएको छ । हरितालिका तीजको वर्त बसेका नारीहरु आज गणेश चौथीको दिन गणेशको आराधाना पश्चात निर्जला वर्त समापन गर्ने गर्दछन् ।

गणेशचतुर्थिमा चन्द्रमामा दोष

आजको दिनमा देखिने चन्द्रमामा दोष हुने विश्वास रहि आएको छ । आजको दिनमा चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ ।

विशेषतः तराई क्षेत्रमा विभिन्न फलफूल, तरकारी छिमेकीका करेसाबारीबाट या गोठ वाट चोर्ने चलन छ । बर्षायाममा हुने फल भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका मौसमी फलहरू आजको रात चोर्ने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !