१३ बैशाख २०८१, बिहिबार

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, सहमति जुटाउन सकस

प्रकाशित मिति :  31 August, 2022 9:01 am


फाइल फाेटाे

काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक पुन आज बस्ने भएको छ । गठबन्धका पार्टीले सिटभन्दा बढी भाग खोज्दै दाबी गरेपछि किचलो बन्दै आएको सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने जनाइएको छ । शीर्ष नेताहरुको बैठक पनि बस्ने भएको छ ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहे पनि महिना बित्न लाग्दा समेत सहमति जुट्न सकेको छैन् ।

आगामी चुनावका लागि नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !