२३ बैशाख २०८१, आइतबार

अर्काको नाममा लाइसेन्सकाे ट्रायल दिने ६ पक्राउ

प्रकाशित मिति :  3 September, 2022 1:02 pm


काठमाडाैं। पछिल्लाे एक महिनामा नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने ६ जना पक्राउ परेका छन् ।

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट शुक्रवार मात्र टुकुसिंह तामाङ र राज कुमार श्रीमललाई पक्राउ गरेको छ ।

सिन्धुलीको दुधौली नगरपालिका १४ घर भएका मनिष प्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ बर्षिय टुकुसिंह तामाङ र गोरखाको भिमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २२ बर्षिय राज कुमार श्रीमललाई पक्राउ गरेको गरिएकाे प्रहरीले जनाएकाे छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।

यसका साथै अर्कै व्यक्तिले परिक्षा दिएर सवारी चालक अनुमति पत्र निकालिदा दक्ष चालकको कमी भई दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरुमा थप निगरानी बढाईएको समेत उनले बताए।

गत साउन १९ गतेदेखि हालसम्म पक्राउ परेका ६ जना नक्कली परिक्षार्थीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाएको जनाएकाे छ ।

गत साउन १९ गते राधेराधे ट्रायल सेन्टरबाट ललितपुरको लुभु बस्ने २३ बर्षिय सन्तोष थापाको नाममा ट्रायल दिदै गर्दा भक्तपुरको गठ्ठाघर बस्ने २२ बर्षिय सुजन भट्टराई र यही भदौ १४ गते सबिन सेन्जुको नाममा ट्रायल दिँदै गर्दा मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियाे।

गत साउन २३ गते काठमाडौँको गुर्जुधाराबाट काठमाडौको छैमले बस्ने ३० बर्षिय रामचन्द्र खतिवडाको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका ३५ बर्षिय साजन आचार्य र यहि भदौ १३ गते पाँचथर घर भई हाल सतुङगल बस्ने आईन्द्रा आङदावेको नाममा ट्रायल दिँदै गर्दा पाँचथर घर भई हाल सतुङगल बस्ने बृज फाङक लिम्बुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएकाे छ। जसमध्ये सन्तोष थापाको नाममा ट्रायल दिने सुजन भट्टराईलाई पुर्पक्षको लागी थुनामा पठाएको छ ।



प्रतिक्रिया दिनुहोस !