२३ बैशाख २०८१, आइतबार

राष्ट्र बैंककाे १९ बुँदे सर्कुलर: व्यवसायीलाइ तत्काल राहत, वेराेजगारलाइ उधाराे

प्रकाशित मिति :  29 March, 2020 8:57 pm


काठमाडौं, १६ चैत ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाे असज परिस्थितलाइ मध्यनजर गरेर नयाँ सर्कुलर जारी गरेकाे छ ।  १९ बुँदे सर्कुलरले विजनेस हाउसहरूका लागि तत्काल राहत प्याकेज र सर्वसाधारण तथा वेराेजगारका लागि  भने स्थिति सामान्य बनेपछि  हुने राहत समेटिएकाे छ ।

राष्ट बैंकबाट इजाजत प्राप्त क, ख, ग र घ वर्गका वित्तिय संस्थाहरूलाइ जारी गरिएकाे सर्कुलरमा समयमा साँवा तथा व्याज तिर्न नसक्ने नीजि क्षेत्रकाे गुनासाेलाइ सम्बाेधन गरेकाे छ । सर्कुलरकाे बुँदा नम्बर ५ मा २०७६ चैतभित्र असुल गर्नु पर्ने मासिक वा त्रयमासिक किस्ताहरूकाे भुक्तानी २०७७ असार मसान्त सम्म तिरे हुने व्यवस्था उल्लेख छ ।

याे व्यवस्था अनुसार क्रडिट कार्डसमेतकाे कस्ता असार भित्र नविकरण गर्दा कुनै थप सुल्क नलाग्ने र किस्ता असुलकाे विलम्ब भएकै कारणाले कर्जालाइ तल्लाे वर्गमा वर्णीकरण गर्न नपर्ने उल्लेख छ । त्यस्तै चैत्रभित्र कर्जा भुक्तानी गर्न अाएमा अाधार व्याजदरमा कम नगरि व्याज रकममा १० प्रतिशत छुट हुने सर्कुलरमा उल्लेख  छ।

पर्यटन तथा यातायात क्षेत्रका ऋणिहरूले अकल्पणीय कर्जाकाे माग गरेमा ५ दिनभित्र कर्जा प्रवाह गर्न बैंकहरूलाइ निर्देशन दिइएकाे छ । यसका लागि २०७६ पुस मसान्तसम्म तिर्नु पर्ने साँवा वक्याैता रहेकाले पनि ऋण पाउने भएका छन् । यसैगरि काेभिड १९ काे राेकथाम, नियन्त्रण तथा उपचारमा प्रयाेग हुने स्वास्थ्य सेवा विभागले सूचिकृत गरेका उपकरण, अाैषधी, खाद्ान्न लगाएतका अत्यावश्यक वस्तु अायात तथा विक्री गर्ने प्रयाेजनका लागि पनि कर्जाकाे माग भएमा ५ दिनमै पाउने भएका छन् ।

सर्कुलरमा काेभिड १९ बाट प्रभावित साना तथा मझाैला उद्यमीलाइ पुनरकर्जामा प्राथमिकता दिइने भएकाे छ । काेराेनाका कारण सिर्जित हुने र हालकाे वेराेजगार जनसंख्याका लागि भने राषट्रबैंककाे सर्कुलर माैनप्रायः छ । १९ बुँदे सर्कुलरकाे अन्तिम बुँदामा वैदेशिक राेजगारमा जाने अनुमति पत्र लिएकालाइ सम्बाेधन गरिएकाे छ । भनिएकाे छ, ”वैदेशिक राेजगारमा जाने अनुमति लिइ जान नपाएका व्यक्तिले संक्रमणाकाे जाेखिम समाप्त भएपछि सहुलियतपूर्ण कर्जा लिइ उद्याेग व्यवसाय संचालन गर्न चाहेमा निवेदन दिएकाे ७ दिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध हुने व्यवस्था मिलाइने छ।”

 



प्रतिक्रिया दिनुहोस !