२३ बैशाख २०८१, आइतबार

सेनाकाे हेलिकप्टरद्वारा सुत्केरीकाे उद्धार

प्रकाशित मिति :  8 September, 2022 6:44 pm


काठमाडाैं। नेपाली सेनाकाे हेलिकप्टरद्वारा एक सुत्केरी महिलाकाे उद्वार गरिएकाे छ । डोटी जिल्लाकाे सायल गाउँपालिका वडा नं. ६ निवासी २५ वर्षीया गर्भवती महिलाको पश्चिम एयर बेश सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सुर्खेत पुर्‍याईएको हाे ।

महिलाको जिल्ला अस्पतालमा जाँच गर्ने क्रममा पेटमा मृत बच्चा रहेको देखिएकाले शैल्यक्रिया मार्फत् मृत बच्चा बाहिर निकालेको र महिलाको पाठेघरमा अत्यधिक मात्रामा रगत जम्मा हुनको साथै स्वास्थ्य अवस्था गम्भीर देखिएकाले हेलिकप्टरबाट सुर्खेत पुर्याइएकाे नेपाली सेनाले जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !