१७ बैशाख २०८१, सोमबार

नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट पद्मा अर्याल सर्वसम्मत सिफारिस

प्रकाशित मिति :  8 September, 2022 7:12 pm


काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट पद्मा कुमारी अर्याललाई नेकपा एमाले स्याङ्जाले सर्वसम्मत सिफारिस गरेको छ ।

आगामी मंसिर ४ गते हुने संघिय निर्वाचन स्याङ्जा क्षेत्र नम्बर २ का लागि नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री एवम् सांसद अर्यालको नाम एकल सिफारिस गरेको हो ।

२०७४ सालको संघिय निर्वाचनमा वहालवाला शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई हराएकी अर्याल पुनः क्षेत्र नम्बर २ मा सिफारिस भएपछि स्याङ्जाको राजनीतिक सारगर्मी बढेको छ ।

त्यसैगरी समानुपातिकतर्फ केन्द्रीय अनुशासन सदस्य चक्रबहादुर पराजुली, पार्टी प्रदेश सचिवालय मुक्ति पाठक र प्रदेश सदस्य कुल बहादुर विक सिफारिस भएका छन् ।



प्रतिक्रिया दिनुहोस !