११ बैशाख २०८१, मंगलबार

विश्वबजारमा फेरी बढ्यो कच्चा तेलको मूल्य

प्रकाशित मिति :  11 September, 2022 1:44 pm


काठमाडौं । विश्वबजारमा गत साता कच्चा तेलको मूल्यमा गिरावट आएपनि यो साताको सुरुवातमा भने पुनः उछाल आएको छ ।

हिजो एकैदिन उच्च अंकले बढेको कच्चा तेलको ब्रेन्ट क्रूडको मूल्य एकैदिन ४.१४ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.८४ डलर नाघेको छ ।

यस्तै, डब्ल्यूटीआई क्रूडको मूल्य समेत बढेर ८६.७९ डलर प्रतिब्यारेलको कारोबार हुन थालेको छ । डब्ल्यूटीआई क्रूडको मूल्य पनि एकैदिन ३.२५ प्रतिशतले बढेको हो ।

यस्तै, यो बीचमा कच्चा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले दैनिक तेल उत्पादनमा केही कटौति गर्दै मूल्यलाई धेरै तल झर्न नदिने रणनीति लिएको थियो । ओपेक देशहरुले कच्चा तेलको मूल्य भरसक ९० डलर प्रतिब्यारेलदेखि तल नजाओस् भन्ने चाहेपनि अनुमान गरेजस्तो कच्चा तेलको मूल्य धेरै तल झर्नसक्ने सम्भावना नदेखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !