२३ बैशाख २०८१, आइतबार

प्रतितोला ३०० रुपैयाँले घट्यो सुन

प्रकाशित मिति :  12 September, 2022 11:44 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार हिजो आइतबार ११५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य स्थिर रही आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !