१६ चैत्र २०८०, शुक्रबार

नमस्ते पेद्वारा ‘फेस्टिब क्याम्पेन’को सुरुवात

प्रकाशित मिति :  13 September, 2022 6:15 pm


काठमाडौ । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी फेस्टिब क्याम्पेन ल्याएको छ । यस अभियानमा ४९ दिन सम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफरमा पाउनेछन् ।

यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासब्यक प्राप्त गर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरूले जति धेरै लेनदेन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने कम्पनीको भनाइ छ ।

अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू ९वालेट टू वालेट ट्रान्सफर र लोड फन्ड बाहेक० को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् ।

हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले १००० रुपैयाँ क्यासब्याक पाउनेछन् । अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउने कम्पनीले जनाएको छ ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताए ।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई ९वालेट टु वालेट० ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले सय प्रतिशत क्यासब्याक पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !